छिमेकी चीनले पनि आफ्नो देशमा उत्पादन भएको कोरोनाभाइरसविरूद्धको खोप नेपाललाई अनुदानमा दिने भएको छ।

काठमाडौंस्थित चिनियाँ दूतावासले दिएको जानकारीअनुसार चीनले ३ लाख डोज कोरोना भ्याक्सिन छिटै नेपाललाई अनुदानमा दिने निर्णय गरेको छ। संसारभरि र चीनभित्रै पनि ठूलो माग भए पनि नेपाल-चीन मित्रताको महत्वका कारण चीनले नेपाललाई भ्याक्सिन दिन लागेको दूतावासले उल्लेख गरेको छ।

चीनले दिएको भ्याक्सिन १ लाख ५० हजार जना मानिसमा लगाउन मिल्नेछ।