काठमाण्डौँ : पछिल्लो २४ घण्टामा (आइतबार) नेपालमा थप १०५ जना कोरोना संक्रमित थपिएका छन् । जसमा महिलाको संख्या ४१ र पुरुषको संख्या ६४ रहेको छ ।

आइतबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभर हालसम्म कोरोना संक्रमितिको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको जानकारि दिएको छ ।

यस्तै, २४ घण्टामा २ सय ८८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट २ लाख ६६ हजार ३३६ जना निको भइसकेका छन् । यस्तै सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ९४ छ ।