काठमाण्डौँ : संसद विघटनविरूद्ध वृहत नागरिक आन्दोलनले आइतबार पनि विरोध प्रदर्शन जारी राखेको छ । काठमाडौंको सिफलस्थित सहिद धर्मभक्त माथेमाको शालिक अगाडि भेला भएर लेखक, कवि, कलाकार, पत्रकारलगायतका अभियन्ताले संसद विघटनको विरोधमा प्रदर्शन गरेका हुन् ।

विरोध कार्यक्रममा प्राध्यापक केदारभक्त माथेमा, लेखक खगेन्द्र संग्रौला, लेखक तथा पत्रकार नारायण वाग्ले, युग पाठक, तुलानारायण शाह, कवि चन्द्रवीर तुम्बापो लगायतका अभियन्ताहरु सहभागी भएका थिए । संसद विघटन असंवैधानिक र प्रतिगामी भएको भन्दै कार्यक्रममा उनीहरूले गीत संगीतका साथै कविता वाचनसमेत गरेका थिए ।