कैलाली : कैलालीका कोरोना संक्रमित पुरूषको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ ।

अस्पतालका अनुसार कैलालीको जोशीपुरका ८३ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान ११ः३७ बजे मृत्यु भएको हो । उनीमा माघ ७ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै आइसोलेसनको आईसीयू कक्षमा राखेर रोगको प्रकृति अनुसार उपचार गरिए पनि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।