महेन्द्रनगर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले मालपोत तथा भुमी सुधार कार्यालय र नापी कार्यालय कञ्चनपुरमा छड्के निरिक्षण गरेका छन ।
आईतबार प्रमुख जिल्ला अधिकारी रामकुमार महतो र सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले मालपोत कार्यालय र नापी कार्यालयको निरक्षण गरेका हुन । निरिक्षणको क्रममा मातपोत तथा भुमी सुधार कार्यालयमा कार्यालय प्रमुख बाहेक अन्य कर्मचारीहरुले पोसाक लगाएका थिएनन । भने केही कर्मचारीहरुले भोलीपल्टको हाजिर आजै लगाएको भेटिएको हो । त्यसैगरी मातपोत कार्यालयमा आज हाजिर गरेका केही कर्मचारी कार्यालयमा भेटिएनन् ।
नापी कार्यालय कञ्चनपुरका कुनै पनि कर्मचारीले पोसाक लगाएका थिएनन् । भने कार्यालयमा केही कर्मचारीहरुले भोलीपल्टको हाजिर आजै गरेको भेटिएको हो । कार्यालय निरिक्षणको क्रममा मालपोत र नापी दुबै कार्यालयका केही कर्मचारी बिदा नजनाई अनुपस्थित रहेको निरिक्षणको क्रममा भेटिएको हो । अन्य सरकारी कार्यालयको तुलनामा सधैजसो भीडभाड हुने नापी कार्यालय र मालपोत कार्यालयमा कर्मचारीहरुले काममा ढिलासुस्ती गर्ने र आर्थिक लेनदेन गर्ने गरेको सेवाग्राहीको गुनासो छ ।