काठमाण्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌ विघटन गरेपछि आन्दोलनरत नेकपा नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आज (आइतबार) माइतीघरमा धर्ना बस्ने भएका छन् ‌। 

प्रतिनिधि सभा विघटनको असंवैधानिक घोषणा खारेजी मागसहित माइतीघरमा जारी धर्नामा आज दाहाल र नेपाल आउने भएका सो समूहका नेता विष्णु रिजालले जानकारी दिएका छन् । दाहाल र नेपाल मध्याह्न १२ बजेदेखि धर्नामा बस्नेछन्‌ । 

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌ विघटन गर्दै आगामी वैशाखमा मध्यावधि चुनाव घोषणा गरेका थिए । सो कदम असंवैधानिक भएको भन्दै सत्तारूढ नेकपा दुई फ्याक भइसकेको छ ।