काठमाण्डौँ : पछिल्लो २४ घण्टामा ३ हजार ६१८ जनाको कोरोना परीक्षण गर्दा १ सय ९ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ४३ र पुरुषको संख्या ६६ रहेको छ । यो संगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ सय ५० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६६ हजार ४८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २७ पुगेको छ ।