धनगढीः नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखराज भट्ट दलालको पनि दलाल बनेको टिप्पणी गरेका छन्।

धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै दाहालले भट्टको नाम नलिएरै आफैले हुर्काएको मान्छे छोप्न नसकिनेगरि गएको बताए। उनले भट्ट प्रधानमन्त्री केपी ओलीको वरीपरी घुमिरहेको उल्लेख गर्दै भने, ‘केपी ओली दलाल हुन् उनी दलालको पनि दलाल भए।’ विगतमा प्रचण्डका प्रिय पात्र रहेका ओली समूहका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टी विभाजनपछि केपी ओलीलाई साथ दिएका छन्।

त्यसैगरी नेकपा प्रचण्ड–नेपाल समूहका नेता एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण निर्मला पन्तले न्याय नपाएको आरोप लगाएका छन्। निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारवाही गर्न आफुहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटक–पटक भनेको तर उनले सुन्न नचाहेको आरोप लगाएका हुन।