कास्की : आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १९ औं संस्करण आगामी चैत १७ देखि पोखरा रंगशालमा हुने भएको छ ।

पोखराको प्रतिष्ठित सहारा क्लबको आयोजनामा वर्षेनि हुँदै आएको यस प्रतियोगितामा नेपालमा रहेका ए डिभिजन फुटबल क्लब, मोफसलका क्लब, विदेशी टिम र आयोजक सहारा क्लबका खेलाडीहरू प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभएको छ ।

पोखरेली दर्शकको उल्लेख्य साथ पाएको आहा रारा गोल्डकपमा यस वर्ष भने सीमित संख्याका दर्शकले मात्र प्रतियोगिता हेर्न पाउनेछन् । कोरोना भाइरसको महामारीका कारण यस वर्षको प्रतियोगितामा भने पोखरा रंगशालाको कूल दर्शक क्षमताको आधा मात्र दर्शकलाई प्रवेश दिइने अध्यक्ष थापाले बताए ।