कञ्चनपुर : कञ्चनपुरमा खैरो हिरोईन सहित दुई जाना पक्राउ परेका छन् । शुक्रबार बेलुकी ७ बजे भि.न.पा.वडा नं.१८ सिद्ध टोल स्थित लागु औषधको कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा २ जानालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मार्तडी न.पा. वडा नं ३ बाजुरा बस्ने १८ बर्षका नरेश रावल र भि.न.पा १८ कञ्चनपुर बस्ने २२ बर्षका बिवस बिष्टलाई १.८८ ग्राम लागु औषध ( खैरो हिरोईन) सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारि दिनुभएको छ । पक्राउ गरिएका दुबैमाथि कानुन बमोजिम थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।