धनगढी : नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् ।

सो समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड धनगढी पुुगेका हुन् । उक्त समूहका अर्का नेता एंव पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल शुक्रबार नै धनगढी पुगेका छन् । प्रचण्ड-नेपाल समूहको विरोधसभालाई लक्षित गरी कैलालीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । धनगढीका चौकहरूमा प्रहरीको बाक्लो उपस्थिति छ ।