बझाङमा भीरबाट खसालेर एकको हत्या गरिएको छ। छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा भीरबाट फालेर ३५ वर्षिय रमेश बोहराको हत्या गरिएको हो। उनलाई भीरबाट खसाल्ने ३३ वर्षिय लव बोहरालाई प्रहरीले पक्राउ गरेको छ। रमेश बोहरालाइ भीरानो भीर भन्ने ठाउँबाट खोरी खोलामा धकेलेको प्रहरीले जनाएको छ।