महेन्द्रनगर । साहित्यकार रमेश पन्त मीतबन्धुको झुल्केघाम नेपाली गजल संग्रह र वीरखाम डोटेली गजल संग्रह वीरखाम प्रकाशीत भएको छ ।
शुक्रबार सहिद दिवसको अवसर पारेर एक कार्यक्रमका बिच दुबै संग्रह बिमोचन गरिएको हो । बिमोचन कार्यक्रमका प्रमुख अतिथि डा. टेकराज पन्तले दुबै कृति बिमोचन गरेका हुन । साहित्यकार मीतबन्धुको झुल्केघाम गजल संग्रहमा समाजमा पछि परेका वर्ग,जाति,क्षेत्रका जनताका पिडाको अभिव्यक्ति छ । समाजमा भएको विभेदको अन्त्य,मानवीय मर्यादाको स्थापना र समतामुलक समाजको स्थापनालाई लेखनको प्रमुख पक्ष बनाएका छन ।
त्यसैगरी डोटेली गजल संग्रह वीरखामा पनि देशको समसामयिक विषय उजागर गरेका छन । उहाँको झुल्केघाम गजल संग्रहमा साहित्यकार गंगा प्रसाद रिजाल र हरि प्रसाद खतिवडाले समिक्षा गरेका थिए । त्यसैगरी वीरखाम डोटेली गजल संग्रहमा साहित्यकार डम्बर शर्मा बडु र जगदीश ओझाले समिक्षा गरेका हुन ।

कृति विमोचन तथा रचना वाचन
सहिद दिवसको अवसरमा आयोजित कृति विमोचन र रचना वाचन कार्यक्रम महेन्द्रनगरमा सम्पन्न भएको छ । मानसखण्ड फाउन्डेसनले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न कृति विमोचन र रचना वाचन सहित सम्पन्न भएको हो ।
मानसखण्ड फाउन्डेसनका अध्यक्ष रमेश पन्त मीतबन्धुको अध्यक्षता र सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन डा.टेकराज पन्तको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा साहित्यकार रमेश पन्त मीतबन्धुद्धारा लिखित झुल्केघाम नेपाली गजल संग्रह र वीरखाम डोटेली गजल संग्रह विमोचन गरिएका थिए । त्यसैगरी साहित्यकार जयानन्द परमहंसको परमहंस गीता मानसी स्मृति ग्रन्थको विमोचन गरिएको थियो भने गुगुल्डी पत्रिकाको लोकार्पण गरिएको हो । कार्यक्रममा साहित्यकार विर वहादुर चन्द,नारा जोशी,चन्द्रकला पन्त,कल्यान ओझा,डा.मुकुन्द कलौनी,कृष्ण दत्त चटौत कान्त,डम्बरशर्मा बडु र हरिप्रसाद खतिवडा लगायतको उपस्थीती रहेको थियो । कृति विमोचन पछि कार्यक्रममा उपस्थीत साहित्यकारहरुले रचना वाचन समेत गरेका थिए ।