कञ्चनपुर : कञ्चनपुरमा बन मुद्धाका फरार प्रतिबादी पक्राउ परेका छन् । शुक्रबार (आज) कञ्चनपुर जिल्लाको शुक्लाफाँटा न.पा. वडा न.७ जुडा बस्ने हरिलाल बोहराको २३ बर्षे छोरा मिन बहादुर बोहरालाई आफ्नै घर ठेगानामा नै फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारि दिएका छन् ।

पक्राउ गरिएका बोहरालाई सम्मानित अदालतमा पेश गरिएर अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरिले जनाएको छ ।