काठमाण्डौँ : पछिल्लो २४ घण्टामा ३ हजार २२१ जनाको कोरोना परीक्षण गर्दा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ७० हजार ७ सय ४५ संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २४ घण्टामा ३३३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय २२ छ ।

२४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ ।