कञ्चनपुर : कञ्चनपुरमा शुक्रबार (आज) बिहान ५ बजे बजेको समयमा भारतबाट भन्सार छली ल्याइएको समानहरु प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुर जिल्लाको भि.न.पा.१० जिमुवा बस्ने दिनेश भाट र कल्पना बोहरालाई भिमदत्त नगरपालीका वडा.नं. ९ तुमनाडीबाट भन्सार छली ल्याइएका अबैध समानहरु सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्री जानकारि दिनुभएको छ ।
उनीहरुले आफुसंग १० पाकेट तानसेन, ८ पाकेट प्रिमियम जर्दा, ४० पाकेट चियापत्ती, सनसिल्क स्याम्पो १ पेटी, १० बण्डल कमल बिडी, १ क्वीन्टल चिनी र म २ प ८३६४ नम्बरको स्कुटी गरि अन्दाजी मुल्य रु ८९,४०० बराबरको समानहरु ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरिएको हो । नियन्त्रणमा लिईएको समानहरु सहित दुबै जानालाई आवश्यक कारवाहीको लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ ।