बाँके : कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएकी एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बाँके बैजनाथ गाउँपालिकाको टिटहरिया स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी रमा भारतीको आज बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार उनको उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना महामारीमा सुरुका दिनदेखि खटिएकी भारतीलाई माघ १३ गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालमा राखिएको थियो ।