काठमाण्डौँ : पछिल्लो २४ घण्टामा ३ हजार ७९१ जनाको कोरोना परीक्षण गर्दा  २ सय १३ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ८८ र पुरुषको संख्या १ सय २५ छ । योसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ९६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ९६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३ हजार २ सय ३ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ ।