महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थीत समाज कल्याण अञ्चल बाल अनाथालय र महिला तथा वृद्ध सेवा केन्द्र(वृद्धाश्रम)मा खाद्यान्न हस्तान्तरण गरिएको छ ।
पूर्व मन्त्री एवम नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडु तथा समाजसेवी ईन्द्र बडु र महेन्द्र बडुले आमा कलशा देवी बडुको १३ औ दिनको पुण्यतिथिको अवसरमा अनाथालय र महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग गरेका हुन ।
बिहिबार ४ कट्ठा चामल,१२ केजी दाल, २ कट्ठा सोयाविन,१० लिटर तेल,फलफुल लगायत खाद्यान्न सामाग्री राजेन्द्र बडु,नागेश बडु र विवेक बडुले सहयोग हस्तान्तरण गरेका हुन । सहयोग हस्तान्तरण पछि समाज कल्याण अञ्चल बाल अनाथालय र महिला तथा वृद्ध सेवा केन्दले बडु परिवार प्रति आभार व्यक्त गरे ।

महिला तथा वृद्ध सेवा केन्द्रकि अध्यक्ष शारदा चन्दले आभार व्यक्त गर्दै अझै सहयोगको अपेक्षा समेत गरीन । उनले वृद्ध सेवा केन्द्र सञ्चालनका लागि आर्थिक अभावले समस्या भइरहेको समेत बताइन । सहयोग हस्तान्तरण गर्दै बडु परिवारले आगामी दिलहरुमा समेत सहयोग गर्ने प्रतिबद्धता गरे ।सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेस भीमदत्तनगरपालिकाका नगर सभापती पदम राज अवस्थी,कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष माधव जोशी,भीमदत्तनगरपालिका कार्यपालिका सदस्य शुसिल भट्ट लगायतको सहभागीता रहेको थियो ।