बाजुरा : बाजुरामा बिहिबारदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ। स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तलाई पहिलो ‘कोभिशिल्ड’ खोप लगाएर अभियान सुरु भएको हो ।

जिल्लामा पहिलो चरणमा ९ सय ३५ जनालाई कोरोना विरुद्धको खोप लगाइने बताइएको छ । अन्य जिल्लामा बुधबारदेखि सुरू भएको अभियान बाजुरामा भने आजबाट सुरु भएको हो । खोप पुग्न ढिलाइ भएकाले बिहिबारदेखि अभियान थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।