32.9 C
Mahendranagar

रामपाल जी महाराजका धर्म प्रचार चन्दको रहस्यमय मृत्यु, महेन्द्रनगर स्थीत आश्रममा तालाबन्दी

  • 163
    Shares

महेन्द्रनगर । रामपाल जी महाराजका धर्म प्रचारक कञ्चनपुरको भीमदत्तनगरपालिका स्थीत बनगाँउका उद्धव चन्दको रहस्यमय मृत्यु भएपछि आफन्त आक्रोसीत भएका छन ।
रामपाल जी महाराजको प्रचारकका रुपमा भारतमा रहेका चन्द पञ्जावको पठानकोटमा मृत भेटिएका हुन । १० वर्षदेखी परिवारको सम्र्पकमा नरहेका चन्दको मृत्युको खबर लिएर रामपाल जी महाराजका महेन्द्रनगर स्थीत आश्रमका कर्मचारी मङगलबार राती चन्दको परिवारमा पुगेका थिए । चन्दका परिवार र आफन्तले उनको शव नेपाल ल्याइदिन आग्रह गरेका छन । तर महेन्द्रनगर स्थीत आश्रमले शव ल्यान आनाकानी गरिरहेको भन्दै बिहिवार आक्रोसीत आफन्तले आश्रममा तालाबन्दी गरेका छन ।
रामपाल जी महाराजकाको आश्रमले १० वर्षअघि घरजग्गा बिक्रि गराएर चन्दलाई प्रचारक बनाएको आफन्तले बताएका छन । “१० वर्षसम्म आश्रमले भाईलाई घरमा आउन दिएन ।” मृतक चन्दका दाजु विरेन्द्र चन्दले भने–“३ वर्ष अघि मेरो आमा बित्नुभयो काजकिरियाका लागि भाइलाई लिन पठाउदा आश्रमका मान्छेले घर आउन दिएन ।” उनले १३ गते राती ८ बजे एक्कासी आश्रमको मान्छे भाईको मृत्युको खबर लिएर घर पुगेरको बताए । मृतक चन्द भारतको प्रचारको काम गर्ने उनको भनाई छ । उनले शव नेपाल ल्याईदिन आग्रह गरिरहेका छन । आक्रोसीत आफन्तले बिहिबार महेन्द्रनगर स्थीत आश्रममा तालाबन्दी गरेका छन । आश्रमका कर्मचारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • 163
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...