काठमाण्डौँ : प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने अधिवक्ताहरुले अब जम्मा १५ मिनेट समय पाउनेछन् ।

बुधबारको बहसको अन्तिममा प्रधानन्यायाधीशले भने, ‘समयको कुरा तपाईंहरु आफैले बुझ्नुपर्ने कुरा हो ।  भोलिबाट १०/१५ मिनेट भन्दा बढी दिन्‍नौँ। विध्वान, वरिष्ठ सबै मित्रहरूलाई।‍’ प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि पुस ६ गते दर्जन बढी रिट निवेदन सर्वोच्चमा दर्ता भएका थिए । 

देव गुरुङसमेतको रिटमा वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, शम्भु थापा, सुरेन्द्र महतो, शेरबहादुर केसी, अधिवक्ता मेघराज पोखरेललगायतले बहस गरिसकेका छन् । यसअघि यो रिटमा बहस गर्नेले २ घण्टासम्म समय पनि लिएका थिए । कुल १३ वटा रिट परेकामा हालसम्म ७ वटामा मात्र सुनुवाई भएको छ ।