थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४३८२ मा पिसिआर परीक्षण गर्दा २८३ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २४६ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६५ हजार ६९ पुगेको छ ।

त्यस्तै, यसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार २० पुगेको छ ।