काठमाण्डौँ : नेकपा प्रचण्ड-माधव समूहले माइतीघर मण्डलामा धर्ना दिएको छ ।

नेकपा प्रचण्ड–माधव समूहका विघटित प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले संसद विघटनको विरोधमा बुधबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

धर्नामा पार्टी नेता कार्यकर्ताका साथै संविधानसभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यहरु सहभागी बने । धर्नामा सहभागीहरुले ‘संसद् विघटन गर्न पाइँदैन, निरंकुशतन्त्र चाहिँदैन’ भन्ने प्लेकार्ड समेत प्रदर्शन गरेका थिए । प्रचण्ड–माधव पक्षले माघ १३ गतेबाट तेस्रो चरणका संघर्षका कार्यक्रम जारी राखेको छ । जसअन्र्तगत माघ १४ देखि २१ सम्म धर्ना कार्यक्रम जारी राख्ने कार्यक्रम रहेका छन् । त्यस्तै माघ १५,१६ र १७ क्रमशः बुटवल,विराटनगर र धनगडीमा तथा २८ गते काठमाडौमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने तय भएको छ । संसद विघटनको विरोधमा शनिबारबाहेक माघ २१ गतेसम्म प्रत्येक दिन २ घण्टा धर्ना बस्ने कार्यक्रम रहेको सो समूहले जनाएको  छ ।