32.9 C
Mahendranagar

राउटे र जेष्ठ नागरिकलाई कम्बल बितरण

  • 168
    Shares

महेन्द्रनगर । कञ्चनपुरमा चिसो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा बुधबार बिहान कम्बल वितरण गरेको छ ।
जिल्लाको विकट वस्तीमा पुगेर त्यहाँ राउटेका परिवार र जेष्ठ नागरिक,एकल महिला र अपाङ्गहरुलाई कम्बल वितरण गरिएको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सो क्षेत्रमा रहेका लोपोन्मुख जाती राउटे, जेष्ठ नागरिक र एकल महिला गरी ४० जनालाई कम्बल वितरण गरिएको बताउनुभयो ।
“जाडोले कसैले ज्यान गुमाउनु नपरोस भनेर राज्यको निती अनुसार कम्बल वितरण गरिएको हो ।” प्रजिअ महतोले भन्नुभयो–“ समाजका हरेक समस्यामा मल्हम लगाउने उद्देश्य राज्यको रहन्छ ।”
जिल्लाको सदरमुकामदेखि टाढा कष्टकर जीवन बिताइरहेका खल्लाबासीको पीडालाई सहयोग पुगोस भनेर सहयोगका लागि त्यहाँ पुगेको उहाँको भनाई छ ।“ चिसोमा लोपोन्मुख राउटे समुदायमा पनि समस्या होला भनेर यहाँ आएका हौं ।” उहाँले भन्नुभयो–“ आर्थिक समस्यामा रहेकाहरुलाई न्यानो लुगा वितरण गरेका छौं ।” भीमदत्त नगरपालिकामा पर्ने भए पनि खल्ला÷मसेट्टी गाउँलाई विकासको दृष्टिले जिल्लाकै दुर्गम बस्तीका रुपमा लिइन्छ ।
कम्बल हस्तान्तरण कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामुकुमार महतो, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदी , शसस्त्र प्रहरी उपरीक्षक विर वहादुर ऐर ,जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सुब्बा पदमराज भट्ट लगायतको सहभागीता रहेको थियो ।

  • 168
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...