महेन्द्रनगर : कञ्चनपुरमा कोभिड–१९ विरुद्धको पहिलो खोप महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट हरिकुमार श्रेष्ठ र स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारबाट खोप अभियान सुरु गरिएको छ ।
बुधबार बिहान महाकाली अस्पतालमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान सुरुवातका क्रममा श्रेष्ठलाई पहिलो खोप दिइएको हो । त्यसपछि स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनार र अन्य स्वास्थ्यकर्मीहरुले पनि खोप लगाएका छन् । खोप अभियान शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले आज नेपालीहरुको खुसीको दिन भएको बताए । उनले पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र सरसफाईकर्मीहरुलाई खोप लगाउने बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले खोपका विषयमा अपवाह फैलाइएजस्तो कुनै साईड ईफेक्ट नहुने बताए । “ पहिलो चरणमा हामी माघ २४ गतेसम्म जिल्लामा रहेका स्वास्थ्यकर्मी, एमबुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई खोप लगाउँने छौं ।” उनले भने–“बाहिरको अपवाह फैलाए जस्तो छैन हल्लाको पछि नलाग्न आग्रह गर्दछु ।” आजदेखि सुरु भएको खोप अभियान अन्र्तगत महाकाली अस्पतालका स्वास्थ्यकर्मी,
स्वास्थ्य कार्यालय र विभिन्न पालिकाका स्वास्थ्यकर्मीहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालयको भनाई छ ।
कञ्चनपुरमा दुई हजार ८ सय २० मात्रामा खोप प्रदेश स्वास्थ्य आपुर्ती
व्यवस्थापन केन्द्रबाट आएको थियो । खोप अभियान शुभारम्भ कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामुकुमार महतो, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीषक उमाप्रसाद चर्तुवेदी, नेपाली सेनाको सिंहशादूर््ल गुल्मका निमित्त गुल्मपति सह–सेनानी अभय खड्का र श्री नंं २५ फिएका गुल्मपति उपसेनानी डा. सचित थापा लगायतको
सहभागिता रहेको थियो । सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा सरकारले यहाँ कोभिड–१९ विरुद्धको १६ हजार मात्रामा खोप पठाएको छ ।