महेन्द्रनगर : मङ्गलबार साझ कोरोना विरुद्धको खोप कञ्चनपुर पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले २८ सय २० डोज खोप महेन्द्रनगरमा आईपुगेको जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बुधबार बिहान देखी कोरोना विरुद्धको खोप लगाउन सुरु गरिने जानकारी दिए । “हामीसंग २८ सय २० डोज खोप आइपुगेको छ ।” उनले भने–“बुधबार देखी खोप लगाउन सुरु हुन्छ ।” पहिलो चरणमा स्वास्थ्यकर्मी र सरसफाईकर्मी अग्रपंक्तिमा खटिने कर्मचारीलाई खोप लगाइने स्वाथ्य कार्यालयले जनाएको छ ।