32.9 C
Mahendranagar

भारतको ७२ ‍औं गणतन्त्र दिवसको अवसरमा मोबाइल गेम ‘फौजी’ सार्वजनिक

  • 65
    Shares

काठमाण्डौँ : भारतको ७२ ‍औं गणतन्त्र दिवसको अवसरमामोबाइल गेम ‘फौजी’ प्लेस्टोरमा सार्वजनिक गरिएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार ‘फौजी’ गत एक हप्ता १० लाखभन्दा बढीले रजिस्ट्रेसन गरेका थिए । पहिलो चरणमा फौजी एन्ड्रोइड स्मार्टफोनहरुमा मात्र उपलब्ध हुने बताइएको छ । आइओएस एप स्टोरमा कहिले गेम सार्वजनिक हुन्छ भन्ने बारे केही बताइएको छैन । गुगल प्ले स्टोरमा उक्त गेम ५० लाखभन्दा बढीले रजिस्ट्रेसन गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पब्जी भारतमा निकै रुचाइएको मोबाइल गेममध्ये सर्वाधिक डाउनलोड गरिएको सूचीमा थियो ।

फौजीमा भारतीय सेनाको जीवनलाई चित्रित गरिएको छ । यस्तै, देश र जनताको रक्षाका लागि सिमामा खटिएका सेनाले कसरी काम गर्छन् भन्ने विषय यो मोबाइल गेमको महत्त्वपूर्ण पक्ष भएको फौजीका सीइओ विशाल गोन्डलले बताएका छन् ।

भारत सरकारले गत अगस्टमा प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण चोरी देशबाहिर डेटा लाने गरेको आरोप लगाउँदै पब्जीसहित अन्य ११७ चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको थियो । त्यसलगत्तै अक्षय कुमारले गोन्डलसँग मिलेर ‘पब-जी’ जस्तै गेम ल्याउने घोषणा गरेका थिए। पब-जीप्रति भारतीय मोबाइल गेम युजरको आकर्षण र गरेको व्यवसायिक कारोबारलाई हेर्दै विकल्पमा ‘फौजी’ एप्स निर्माण सुरु गरिएको थियो।

  • 65
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...