काठमाण्डौँ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद विघटनविरुद्ध थप आन्दोलन चर्काउने भन्दै माघ ३० गते देशैभर आन्दोलन गर्ने घोषणा गरेको छ । 

पार्टी मुख्यालय ललितपुरको सानेपामा बसेको केन्द्रीय कार्य समितिको मंगलबारको बैठकले माघ १९ गत भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो । ३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा गरिने कांग्रेसले जनाएको छ । यसअघि नेकपाकै प्रधानमन्त्री केपी शर्मा ओलीसमूहले माघ २३ गते काठमाडाैंमा विशाल जनसहभागितासहित प्रदर्शन गर्ने घोषणा गरिसकेको छ ।