काठमाण्डौँ : संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको मंगलबार सिठी जुलुस निकालेको छ । सोमबार घोषणा गरिएको तेस्रो चरणको आन्दोलन अन्तर्गत उक्त समूहले मंगलबार सिठी जुलुस निकालेको हो ।

लैनचौरबाट निस्किएको जुलुस असन, इन्द्रचोक हुँदै बसन्तपुर पुगेर सकिएको छ । यो समूहले माघ २८ मा फेरि अर्को जनप्रदर्शन गर्ने घोषणा गरेको छ । यसअघि माघ ९ मा पनि यो समूहको राजधानीमा जनप्रदर्शन भएको थियो । तेस्रो चरणको आन्दोलन अन्तर्गत राजधानी बाहिरका बुटवल, विराटनगर र धनगढीमा पनि प्रदर्शन आयोजना गरिएको छ ।