थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४५७४ मा पिसिआर परीक्षण गर्दा ३०३ जनामा कोरोना पुष्टि भएको हो । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २८५ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६४ हजार ८२३ पुगेको छ ।

त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार १७ पुगेको छ ।