काठमाण्डौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले आगामी फागुनमा प्रतिनिधिसभा पुनःस्थापना हुने दाबी गरेका छन् ।

मंगलबार ताप्लेजुङमा आयोजित सभालाई सम्बोधन गर्दै नेता भट्टराईले संसद् पुनःस्थापना गर्नुको विकल्प नरहेको जिकिर गरे । न्यायालयले संविधानमा टेकेर फैसला गर्ने उल्लेख गर्दै उनले फागुनमा संसद् पुनःस्थापना हुने जिकिर गरे ।

‘संसद पुनःस्थापना गर्नुको अर्को विकल्प छैन ।’ उनले भने,‘न्यायालयले संविधानलाई टेकेर नै फैसला गर्नेछ । फागुनमा संसद पुनःस्थापना हुन्छ ।’ सम्बोधनका क्रममा उनले संसद् पुनःस्थापना गरेर संविधानलाई बचाउने अभियानमा साथ दिन कांग्रेसलाई पनि आग्रह गरेका थिए । उनले आफूलाई ओलीले मन्त्री बनाएको भएपनि असंवैधानिक कदममा साथ दिन नसकिएको बताएका छन् ।