महेन्द्रनगर : कञ्चनपुरमा बुधबार(भोली) देखी कोरोना विरुद्धको खोप लगाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संयोजकत्वमा सोमबार बसेको जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समितिको बैठकले कञ्चनपुर जिल्लामा कोभिड विरुद्धको खोप प्राप्त भएपछि खोपको भण्डारण र आवश्यक सुरक्षा प्रबन्ध स्वास्थ्य कार्यालय र महाकाली अस्पतालले समन्वय गरी गर्ने निर्णय गरेको छ ।
प्रथम चरणमा महाकाली अस्पतालमा कोभिड खोप केन्द्र स्थापना गरी यही माघ १४ गते बुधबारदेखि कोभिड खोप सेवा सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयले कोभिड विरुद्धको खोपको कार्ययोजना बनाई जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समितिमा स्वीकृतिको लागि पेश गर्ने, खोप पश्चात हुन सक्ने अवाञ्छित घटना व्यवस्थापनका लागि महाकाली अस्पतालमा एईएफआई किट सहित चिकित्सकको एक टोली तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।
कञ्चनपुर जिल्लामा समेत कोभिड विरुद्धको खोप सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संयोजकत्वमा सोमबार बसेको जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समितिको बैठकले कञ्चनपुर जिल्लामा कोभिड विरुद्धको खोप प्राप्त भएपछि खोपको भण्डारण र आवश्यक सुरक्षा प्रबन्ध स्वास्थ्य कार्यालय र महाकाली अस्पतालले समन्वय गरी गर्ने निर्णय गरेको छ । प्रथम चरणमा महाकाली अस्पतालमा कोभिड खोप केन्द्र स्थापना गरी यही माघ १४ गते बुधबारदेखि कोभिड खोप सेवा सञ्चालन गर्ने निर्णय भएको छ । पहिलो चरणमा खोप सेवा सञ्चालनको लागि महाकाली अस्पतालमा तीन जना खोप प्रदान गर्ने स्वास्थ्यकर्मी, २ जना सरसफाइकर्मी र एक जना चिकित्सकलाई मंगलबारभित्र अभिमुखीकरण गरी तयारी अवस्थामा राखिने छ ।

स्वास्थ्य कार्यालयले कोभिड विरुद्धको खोपको कार्ययोजना बनाई जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समितिमा स्वीकृतिको लागि पेश गर्ने, खोप पश्चात हुन सक्ने अवाञ्छित घटना व्यवस्थापनका लागि महाकाली अस्पतालमा एईएफआई किट सहित चिकित्सकको एक टोली तयारी अवस्थामा राख्ने निर्णय भएको छ । पहिलो चरणमा प्रचलित ऐन कानून बमोजिम सूचीकृत भएका एवं सबै प्रकारका स्वास्थ्य संस्थामा कार्यरत कोभिड १९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शव वाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवहरुको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीहरुलाई खोप लगाइने तयारी छ ।

नेपालमा आएको खोपबारे – डा. रवीन्द्र पाण्डे


( अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको, एस्ट्रेजेनेका कम्पनीले उत्पादन गरेको, भारतको सिरम इन्स्टिच्युटमा यसको प्लान्ट स्थापना गरिएको कोभिसिल्ड नामक खोपको १० लाख डोज भारत सरकारको उपहारको रुपमा आज नेपाल आएको छ ्र ( भारतमा यो खोप ४ लाख व्यक्तिलाई लगाउँदा २ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ्र ती मध्ये १ जनाको हार्ट एट्याकबाट मृत्यु भएको थियो ्र नर्बेमा २३ जना जेष्ठ नागरिकको मृत्यु भएको थियो तर त्यहाँ यो खोप होइन, फाइजरको खोप लगाइएको थियो ्र ( नेपालमा आएको कोभिशिल्ड खोप तुलनात्मक रुपमा सुरक्षित मानिएको छ ्र यो खोपको भारत लगायत धेरै देशमा ठूलो जनसंख्यामा क्लिनिकल ट्र्याल गरिएको थियो ्र ( भारतमा तेस्रो चरणको क्लिनिकल ट्र्याल हुँदै गरेको खोप यो नभएर भारत बायोटेकको कोभ्याक्सिन नामक खोप हो ्र भारतमा यसको पनि भ्याक्सिनेसन भइरहेको छ ्र कोभ्याक्सिनलाई भारतका प्रतिपक्षी पार्टीले भाजपाको खोप भनेर यो खोप नलगाउने भनेका छन् ्र नेपालमा आएको यो खोप हैन ्र ( नेपालमा आएको कोभिशिल्ड खोप ३ हप्ताको अन्तरमा २ वटा लगाउनुपर्छ ्र दोस्रो मात्रा लगाएको १ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्धको एन्टिबोडी बन्ने बताइएको छ ्र तसर्थ पहिलो खोप लगाएपछि पनि कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ ्र जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुपर्दछ ्र ( यो खोपको भारतमा ०.१५ ५ लाई साइड इफेक्ट देखिएको जनाइएको छ ।