32.9 C
Mahendranagar

भारतको गणतन्त्र दिवसमा राष्ट्रपति भण्डारि र प्रधानमन्त्री ओलीले पठाए शुभकामना

  • 118
    Shares

काठमाण्डौँ : भारतको गणतन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीहरूलाई शुभकामना सन्देश पठाएका छन् ।

भारतीय समकक्षी रामनाथ कोविन्दलाई पठाएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले युगौंदेखिको नेपाल-भारत बहुआयामिक सम्बन्ध आगामी दिनमा झन् मजबुद् हुने विश्वास व्यक्त गरेकी छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको सन्देशमा प्रधानमन्त्री ओलीले भारतीय जनताको शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल-भारतको सम्बन्ध मित्रता, समानता, सहकार्य र एकअर्काको सम्मानमा आधारित रहेको उल्लेख गरेका छन् ।

  • 118
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...