काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपालले आफूलाई पृथ्वीमै नहोस भन्ने चाहेको टिप्पणी गर्नुभएको छ । सोमबार दाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, उहाँहरु (प्रचण्ड-नेपाल) यो केपी ओली त पृथ्वीमै नरहे पनि हुन्छ भन्नुहुन्छ ।’

त्यस्तै प्रधानमन्त्री ओलीले माधव कुमार नेपालको अध्यक्ष पद निर्वाचन आयोगले खतम गरिदिएको दावी गर्नुभयो । उहाँले नेता नेपाल तर्फ व्याङ्य गर्दै भन्नुभयाे, ‘चौतारीमा बैठक बसेर केही मानिसहरु अध्यक्ष भएँ भन्दै थिए, निर्वाचन आयोगले खतम पारिदिएछ ।’ त्यस्तैगरी प्रधानमन्त्री ओलीले आफू हारेपनि देशलाई हार्न नदिने बताउनु भयो ।