काठमाण्डौँ : प्रतिगमनविरूद्ध आन्दोलनरत बृहत् नागरिक आन्दोलनमाथि बालुवाटारमा प्रहरीले पानीको फोहोरा र लाठीचार्ज गरेको छ । उनीहरूले नाराबाजी समेत गरेको र निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पानीको फोहोराले हानिएको प्रहरीले जनाएको छ ।

सोमबार कमलपोखरी बचाउ अभियानका अभियन्तासहितको सहभागीले कमलपोखरीको माटोको टीका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास गरेको थियो । कार्यक्रममा कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवं नागरिक अभियन्ताको सहभागिता थियो ।