काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । प्रतिनिधि सभा विघटनविरुद्धको विचाराधीन मुद्दामा जथाभावी बोलेको र कानुन व्यवसायीमाथी व्यक्तिगत टिप्पणी गरेको आरोपमा वरिष्ठ अधिवक्ता कुमार शर्माले प्रधानमन्त्री ओलीविरुद्ध निवेदन पेश गरेका हुन् । 

प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले रिट लिएर सर्वोच्च पुगेका हुन् । रिटमा उनले प्रधानमन्त्री ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गरेका छन् ।अदालतमा पेश भए पनि दर्ता गर्ने या नगर्ने अझै निर्णय भइसकेकाे छैन ।