काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि अलिअलि अपाङ्ग रहेको बताएका छन् । उनले किड्नी फेल भएर आफू अपाङ्गजस्तै भएको बताए । शारिरीक अशक्त भएकाहरुको संस्थाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले आफू अर्काको किड्नीको ह्वीलचेयर चढेर हिँडिरहेको हुनाले आफू पनि अलिअलि अपाङ्ग भएको धारणा राखे ।

उनले आफूले आँखामा चश्मा लगाएको र चश्मा नलगाए पढ्न नसकिने भन्दै त्यो पनि एकखालको अपाङ्ग नै भएको बताए । किड्नी फेल भएपनि अर्को लगाएर बाँच्न सकिन्छ भने उदाहरण आफू रहेको बताउँदै उनले दुईटा किड्नी फेरेको विश्वमा कोही पनि प्रधानमन्त्री नरहेको तर्क गरे ।