विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई मोडल जाङ्मु शेर्पासँग विवाहबन्धनमा बाँधिएका छन् । ४९ वर्षीय राई र २३ शेर्पाबीच आइतबार विवाह भएको हो ।

मुख्यमन्त्री राईले काठमाडौंको एक पार्टी प्यालेसमा सानो जमघटमा विवाह गरेका हुन् । उनको विवाहमा पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए । विवाहमा अति निकटका सानो समूहलाई मात्र आमन्त्रण गरिएको छ । परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ ।