काठमाण्डौँ : कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ १४ गते बुधबारदेखि लगाइने भएको छ । भारत सरकारले नेपाललाई अनुदान स्वरुप दिएको ‘कोभिशिल्ड’ को १० लाख डोज हरेक प्रदेशमा पुगाएर बुधबारदेखि लगाइने भएको हो ।

पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ । आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिएका छन् । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् । मन्त्री त्रिपाठीले कुनै राजनीतिक तथा व्यवस्थापकीय समस्या भए त्यसअघि नै समाधान गर्न आग्रह गरे ।