कञ्चनपुर : महेन्द्रनगरको एक होटलमा एकजना मृत अवस्थामा भेटिएका छन् ।

महेन्द्रनगर बस पार्क स्थित कोसी एण्ड मोरङ होटलमा धादिङको ज्वालामुखी गाउँपालिका ३ बस्ने वर्ष ६७ वर्षीय नरे सार्की मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सार्की उपचारका लागि भन्दै भारततर्फ गइरहेका थिए । प्रहरीका अनुसार शनिबार होटलमा बास बसेका सार्की आइतबार बिहान मृत अवस्थामा भेटिएका थिए ।