कञ्चनपुर : कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।

शनिबार भीमदत्त नगरपालिका -९ तुम्नाडीबाट ७ ग्राम ४९० मिलिग्राम खैरौ हिरोइनसहित दुई जना युवक पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उक्त नगरपालिका -१० सुकासालका ३५ वर्षीय विनोद चन्द र सोही नगरपालिकाकै वडा नम्बर ५ का २४ वर्षीय सुवाश लुहार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार लागु औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको छ ।