काठमाण्डौँ : रामेछापको मन्थली नगरपालिका वडा नम्बर–१० का अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत ठिमीको टोलीले जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा वडा अध्यक्ष भरत बहादुर बोहरालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत ठिमीका डिएसपी ऋषिराम कँडेलका अनुसार बोहराबिरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको र उक्त मुद्धाका आधारमा रामेछापबाट पक्राउ गरेर उनलाई भक्तपुर ल्याइएको हो । बोहोरासँग पूर्वपरिचित महिलाले १० दिनअघि ठिमी स्थित डेरामा आफुलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी छिन् । मदिरा सेवन गरेर बलात्कारको उजुरी परेपछि प्रहरी पीडितको डेरामा पुगेको थियो । रक्सीले मातेर उनले बलात्कार गरेको पीडितको दावी छ ।