काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर थप ३०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अवधीमा देशभरबाट थप ४८० जना संक्रमणमुक्त भएका छन्। 

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ। कोरोनामुक्त हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९८६ पुगेको छ।