काठमाडौं : नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली हिटलरको नेपाली संस्करण भएको टिप्पणी गरेका छन ।
उक्त समूहले शुक्रबार आयोजना गरेको विरोध सभामा उनले बोल्दै नेपालले भने ‘तपाईंको कोही दास छैन अब कोही झुक्दैन तपाईंको सामु। मन्त्रीदेखि नेता कार्यकर्ताको हुर्मत लिने काम भयो उहाँबाट ।’ उनले भने राज्यका निकायलाई आफ्नो नियन्त्रणमा राख्न खोज्नुभयो। कुनै नियम–कानुन नमान्ने, जहिले पनि दुःख दिने काममात्रै गरे। मैले कतिपपटक थमथमाएर राखें। उहाँको आदेश नमाने जे पनि गर्ने शैली देखियो ।’
केपी ओली कम्युनिस्ट पार्टीको सदस्यसमेत हुन लायक नभएको तर्क गर्दै उनले उखानटुक्काले देश चल्न नसक्ने बताए । केपी ओलीसँग अरिंगालको गोलोमात्रै भएको उनले बताउदै नेपालले । अरिंगारुपी साइबर सेनालाई सूर्यको तापले तहसनहस पार्ने बताए । सूर्य चिन्ह ल्याउने म जिउँदो छदै अरुले दाबी गर्न नसक्ने बताए ।