महेन्द्रनगर : पछिल्लो दुई साताको अवधिमा दैनिक उपभोग्य वस्तुको मूल्य निकै बढेको छ । सबैभन्दा बढी खानेतेलमा मूल्य प्रतिलिटरमा १ सय रुपैयाँसम्म बढेको छ । तोरीको तेल दुई साताअघि प्रतिलिटर २ सय ४५ मा पाइन्थ्यो ।
अहिले २ सय ७५ देखि २ सय ८० रुपैयाँसम्म पर्छ । भटमासको तेल प्रतिलिटर १ सय ७५ देखि १ सय ८० रुपैयाँसम्म पथ्र्यो । यसको मूल्य बढेर २ सय २५ रुपैयाँ पुगेको छ । त्यस्तै २ सय १० देखि २ सय २० प्रतिलिटरमा पाइने सनफ्लावरको तेल २ सय ३५ देखि २ सय ४० पर्न थालेको छ । प्रत्येक जातको चामलको भाउ प्रतिबोरा ५० देखि १ सय रुपैयाँसम्म वृद्धि भएको छ । प्रतिकिलो १ सय २५ मा पाइने हरियो केराउको मूल्य १ सय ४० र सेतो केराउको मूल्य ८० रुपैयाँबाट १ सय रुपैयाँ पुगेको छ ।
कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ । तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ । यसले गर्दा रोजगारी गुमाएका र कम ज्यालामा काम गर्ने वर्ग बढी मारमा परेका छन । उत्पादक र सरकारको मिलेमतोमा खानेतेलको मूल्य बढेको व्यवसायीहरुको आरोप छ ।
खाने तेलको मुल्य महंगिएपछि थोक बिक्रेताहरुले खानेतेलमा कालो बजारी गर्न थालेका छन । “रु १ सय ४० प्रतिलिटरमा पाईने सनफ्लावरकोे तेल अहिले २ सय ४० पर्छ अस्वभाविक रुपमा मुल्य वृद्धि भएको छ ।” एक खुद्रा व्यावसायीले भने–“थोक बिक्रिेताहरुले कृतिम अभाव गरी प्रिन्ट रेट भन्दा बढीमा बिक्रि गर्न थालेका छन ।” ती व्यवसायीका अनुसार एक साता अघि सनफ्लावर तेलको आधा लिटरमा प्रिन्ट रेट रु १ सय थियो तर थोक विक्रेताहरुले मुल्य वृद्धि गरेर १ सय २० मा बिक्रि गरे । “हामीले किन यस्तो भन्दा तेल नै दिदैनन ।” ती व्यवसायीले भने–“कालो बजारी मौलाएको छ ।” यसको प्रत्यक्ष मारमा भने सर्वसाधारण नागरीक परेका छन ।

यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने प्रशासनले यसअघि प्रशासकिय अधिकृतको संयोजकत्वमा बजार अनुगमन भएको बताए । “प्रशासकिय अधिकृतको सरुवा भएपछि हामली सहायक प्रमुख जिल्ला अधिकारी लाई निरक्षक तोकेर पठाएका छौ ।” प्रमुख जिल्ला अधिकारीले महतोले भने –“वाणिज्य विभागबाट तोकेर आउने बितिक्कै अनुगमनमा खटाईहाल्छौ ।” उनले कालो बजारी गर्ने व्यवसायीलाई ठाउँको ठाउँ रु ५ हजार देखी रु ३ लाख सम्म जरीवाना गर्ने अधिकार भएकाले वाणिज्य विभागबाट निर्णय भएर आए अनुगमन प्रभावकारी हुने बताए ।
अनुगमनका लागि जिल्ला प्रशासन कार्यालय मात्रै नभएर घरेलु तथा साना उद्योग कार्यालयको संयोजकत्वमा पनि बजार अनुगमन गर्ने प्रावधान छ । तर पछिल्लो समय बजारमा कालोबजारी र महँगी मौलाउँदा समेत अनुगमन गर्ने निकाय मौन छ ।

चाडपर्वमा मात्रै बजार अनुगमन

बजार अनुगमन गर्ने अधिकार प्राप्त निकाय प्राउः चाडर्पवका बेला मात्रै बजार अनुगमनमा जाने पाइएको छ । अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको सरोकारवाला एवम सरकारी निकाय दसैंतिहार नजिकिन थाल्दा मात्रै बजार अनुगमनमा सक्रिय देखिने र अन्य समयमा बेखबर जस्तै छन । अरु बेला कुम्भकर्ण जस्तो सुतेर बस्ने नियमनकारी निकाय चाडपर्वका बेला एकाएक चल्मलाउँछ ।
चाडपर्वको समयमा मात्र अनुगमन हुने र त्यसपछिको समयमा खासै अनुगमन नहुने क्रमले बजारमा अखाद्यवस्तुको बिक्री निरन्तर हुने गरेको उपभोक्ताको गुनासो छ । प्रत्येक वर्ष उपभोक्ता ठगिने, लुटिने क्रम बढ्दो भए पनि उचित अनुगमन र कारबाहीमा प्रभावकारिता नहुँदा उपभोक्ता ठगिने पक्षमा सुधार आउन सकेको छेन ।