काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचनमा जान लागेको बताउनुभएको छ ।

विहीबार (आज) प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको जनाउनुभयो ।

यसैबीच प्रधानमन्त्री ओलीले नेकपाको दाहाल–नेपाल समूहले देशलाई अन्धकारतर्फ धकेल्ने कोसिस गरेको आरोप लगाउनुभएको छ । उनीहरु स्वार्थका लागि अनेकप्रकारका हाउभाउ गर्छन् । जनतालाई सिनेमा देखाउँछन् । केही मान्छे नाटक देखाउँन आउछन् । तमासा गर्छन्, जनतालाई झुक्याउँछन् । हामीले जनतलाई उनीहरुको तमासाबाट सचेत गराउनुपर्छ ।’ हामी उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ । हामीलाई देश बनाउनु छ । सुशासन र विकासको बाटामा जानु छ ।” प्रधानमन्त्रि ओलीले भने ।