काठमाण्डौँ : पाकिस्तानले मन्ध्यम दुरी क्षमताको मिसाइलको सफल परीक्षण गरेको छ । पाकिस्तानी सेनाले दिएको जानकारी अनुसार दुई हजार ७५० किलोमिटर दुरी क्षमताको साहीन तेस्रो ब्यालेस्टिक मिसलाइल सफलतापूर्वक परीक्षण गरिएको हो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबारको मिसाइल परीक्षणका लागि यसमा संलग्न वैज्ञानिक र सैनिकहरुलाई बधाई दिएका छन् ।

पाकिस्तानका अनुसार यो परीक्षणको अन्तिम बिन्दु अरेबियन सागर थियो । पाकिस्तानको उक्त मिसाइल परीक्षणको अवलोकन पाकिस्तानको ज्वइन्ट चिफ्स अफ कमिटिका अध्यक्षले गरेका थिए । पाकिस्तान न्युक्लियर क्षमता भएका विश्वका आठ मुलुकमध्येको एक हो । साहीन तेस्रो पाकिस्तानको सबैभन्दा लामो दुरीमा मार हान्ने क्षमता भएको मिसाइल हो ।

पाकिस्तानले भारतलाई लक्षित गरी लामो दुरीको मिसाइल बनाएको हो । पाकिस्तानको सेनाले मुलुकको सार्वभौमिकतामा आँच आउने कुनै पनि आक्रमणकबाट बच्न यस किसिमको मिसाइल आवश्यक रहेको बताएको छ ।