काठमाण्डौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय ३६ संक्रमित थपिएका छन् । यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३ हजार ७ सय ९९ रहेको छ ।

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय २६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय २६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ७९ पुगेको छ ।