काठमाण्डौँ : स्थानीय बजारमा सुनको मूल्य ६०० ले उकालो लागेको छ ।

बुधबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज भने रु ९३ हजार १०० मा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, तेजाबी सुन प्रतितोला रु ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार तेजाबी सुन तोलामा रु ९२ हजारमा कारोवार भएको थियो ।

यस्तै, चाँदी तोलामा रु १५ ले बढेको छ । बुधबार रु एक हजार २६० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २७५ मा कारोवार हुनेगरी मूल्य निर्धारण भएको छ ।